कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कुँवर निर्वाचित
कैलाली | जेठ २९, २०७९
कैलाली: कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी हरिशङ्कर ठाकुरले ४१९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (उद्योग) मा दिनेश लम्सालले ६२१, उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवालले ५१६, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्तले ५४६ मतसहित निर्वाचित हुनुभएको छ ।
महासचिवमा ओमबहादुर विष्टले ५१४ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् । संघको चुनावमा जम्मा एक हजार ९५ मत मात्र खसेको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

